लगानीको अवसर ! एनआईबिएल स्टेबल फन्ड (बन्दमुखि योजना) को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन
प्रकाशित:
१५ माघ २०८०
काठमाडौं । एनआइबिएल स्टेबल फन्ड (बन्दमुखि योजना)को इकाई खरिदका लागि आवेदन दिने सोमबार अर्थात माघ १६ गते अन्तिम दिन रहेको छ । इच्छुक लगानीकर्ताले बैंकिङ समयसम्म मेरो सेयरबाट आवेदन दिन सक्नुहुनेछ ।
एनआइएमबि एस क्यापिटल लिमिटेडको योजना व्यवस्थापन तथा नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडको कोष प्रवद्र्धनमा रहेको एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत संचालन हुने “एनआईबिएल स्टेबल फण्ड” (बन्दमुखि योजना)को रु. १ अर्ब रकम बराबरको १०,००,००,००० (दश करोड) इकाईहरु प्रति इकाई अंकित मूल्य रु.१० दरमा माघ २ गतेदेखि निष्काशन तथा बिक्री खुल्ला गरिएकोमा हालसम्म प्राप्त भएको विवरण अनुसार ४१ हजार ४६५ जना आवेदकहरुद्वारा १० करोड ५ लाख ९६ हजार ४८० इकाई खरिदका लागि आवेदन प्राप्त भएको र उक्त आवेदन मध्ये ४हजार ६३९ आवेदकद्वारा माग भएको १ करोड ४४ लाख ९१ हजार ८०० इकाईको आवेदन रद्द भएको छ ।
यस बन्दमुखि योजनाको इकाई खरिदका लागि ‘मेरो सेयर’ मार्फत सजिलै आवेदन दिन सकिनेछ । साथै आफ्नो बैंक खाता रहेको बैंक तथा वित्तिय सस्थाबाट समेत आबेदन दिन सकिनेछ ।
प्रतिक्रियाहरू
प्रकाश पाेख्रेल
2 years ago
खरिद गरन इछुक भएकाे कारण
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares