आरविवि मर्चेन्ट बैंकिङ्गले पठायो इकाईधनीको खातामा लाभांश

अर्थकागज
प्रकाशित: ०८ असोज २०८१
Image description

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड कोष प्रवद्र्धक तथा आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड योजना व्यवस्थापक रहेको आरविवि म्युचुअल फण्ड अन्तर्गत सञ्चालन भइरहेका आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले आफ्ना इकाईधनीलाई नगद लाभांश पठाएको छ ।
दुईवटै योजनाले इकाईधनीलाई असोज ८ गतेबाट इकाईधनीहरुको हितग्राही खातामा अद्यावधिक बैंक खातामा आईपीएस मार्फत् लाभांश जम्मा गर्ने जनाएको छ । लाभांश जम्मा गर्दा नियमानुसार लाग्ने कर कट्टा गरिने कम्पनीले जनाएको छ ।
कम्पनीको दुईवटा म्युचुअल फण्ड आरविवि म्युचुअल फण्ड १ र आरविवि म्युचुअल फण्ड २ ले क्रमशः ३.८१ प्रतिशत (कर सहित) र ८.७४ प्रतिशत (कर सहित) आफ्ना इकाईधनीहरुलाई लाभांश वितरण गर्ने भएको छ ।
इकाई धितो राखेका इकाईधनीले प्रतिफल प्राप्त गर्न सम्बन्धित बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरे पश्चात् मात्रै प्रतिफल जम्मा गरिने कम्पनीले बताएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर