हिमालयन डिस्टिलरीको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: २३ मंसिर २०८१
Image description

काठमाडौं । हिमालयन डिस्टिलरी लिमिटेडले लाभांश घोषणा गरेको छ। कम्पनीको मङ्सिर २३ गते बसेको संचालक समितिको बैठकले लाभांश घोषणा गरेको हो ।

जस अनुसार कम्पनीले आर्थिक वर्ष २०८०/८१ को लागि हाल कायम चुक्ता पुंजीको १५ प्रतिशत बोनस शेयर तथा कर प्रयोजनको लागि समेत ५ प्रतिशत नगद लाभांश गरि कुल २० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । कम्पनीको आगामी साधारणले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा वितरण हुने छ ।

कम्पनीले पुस २८ गते साधारणसभा गर्ने भएको छ। कम्पनीले साधारणसभाको लागि पुस १९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । पुस १८ गतेसम्म कायम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्ने छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर