राप्ती हाइड्रोको १०० प्रतिशत हकप्रदमा आवेदन दिने समय थप, अन्तिम मिति कहिले ?
प्रकाशित:
२१ असार २०८२
काठमाडौं । राप्ती हाइड्रो एन्ड जनरल कन्स्ट्रक्सन लिमिटेडले असार १० देखि निष्कासन गरेको शतप्रतिशत हकप्रदमा आवेदन दिने म्याद थप भएको छ । योसँग अब लगानीकर्ताले असार २४ गतेसम्म आवेदन दिन सक्नेछन् । यसअघि आज अर्थात् असार २२ गतेसम्म आवेदन दिन सकिने भनिएको थियो ।
नेपाल धितोपत्र बोर्डले कम्पनीलाई प्रतिकित्ता १०० रुपियाँका दरले १ः१ अनुपातमा ६१ लाख २७ हजार ९३८ कित्ता हकप्रद शेयर बिक्री गर्न अनुमति दिएको थियो । सोहीबमोजिम कम्पनीले हकप्रद निष्कासन गरेको छ ।
हकप्रद निष्कासन प्रयोजनका लागि कम्पनीले जेठ ६ गते बुक क्लोज गरिसकेकाले जेठ ५ गतेसम्म कायम शेयरधनीले मात्रै आवेदन दिन पाउनेछन् ।
आवेदन कम्पनीको कर्पोरेट कार्यालय त्रिपुरेश्वर र बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल नक्साल, काठमाडौंमा बुझाउन सकिनेछ ।
हाल कम्पनीको चुक्ता पुँजी ६१ करोड २७ लाख रुपियाँ छ । हकप्रदपश्चात् १ अर्ब २२ करोड ५५ लाख ८७ हजार रुपियाँ पुग्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares