मैलुङ्ग खोला जलविद्युतको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: १५ चैत २०८०
Image description

काठमाडौं । मैलुङ्ग खोला जलविद्युत कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ ।

कम्पनीले लाभांश तथा साधारणसभा प्रयोजनार्थ चैत्र १६ गते बुकक्लोज गर्ने निणय गरेको थियो त्यसैले आज चैत्र १५ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र लाभांश र सभामा सहभागि हुन पाउने छन् । कम्पनीले हाल कायम चुक्ता पूँजीको २.२१११ प्रतिशत बोनश सेयर र कर प्रयोजनार्थ ०.११६९ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

कम्पनीको १० औँ वार्षिक साधारण सभा चैत २९ गते, बिहीबार, लैनचौर ब्याक्वेट, लैनचौर, काठमाडौँमा बिहान ११ बजेबाट सुरु हुनेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर