गोरखाको बारपाकमा निःशुल्क आँखा शिविर, ६१६ जना लाभान्वित
सौरपानी समाजको आयोजना तथा नेपाल नेत्रज्योति संघ, हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोगमा गोरखा जिल्लाको बारपाक सुलिकोट गाँउपालिकामा निःशुल्क आँखा जाँच तथा शल्यक्रिया शिबिर सम्पन्न भएको छ ।
माघ २२ र २३ गते २ दिनसम्म चलेको उक्त शिबिरमा ३५३ जना महिला र २६३ जना पुरुष गरी कुल ६१६ जनाको निःशुल्क आँखा परिक्षण गरिएको थियो । आँखा परिक्षणमा ४४ जनामा मोतिबिन्दुको समस्या देखिएको थियो ।
नेपाल नेत्रज्योति संघका कार्यकारी निर्देशक डा.शैलेशकुमार मिश्रका अनुसार मोतियाबिन्दु देखिएको ४४ जना बिरामीहरुको डाक फाउन्डेशनको सहयोगमा निःशुल्क शल्यक्रिया गरिएको छ भने, ४५० जनालाई निःशुल्क औषधी र ३५८ जनालाई ह्याल्पिङ्ग ह्यान्ड हेल्थ एजुकेशन इन्टरनेशनलको सहयोगमा निःशुल्क चस्मा समेत वितरण गरिएको छ ।
नेपाल नेत्रज्योति संघ र यस अन्तरगतका अस्पतालहरुले विभिन्न संघ संस्था तथा निकायहरुको सहकार्यमा देशैभरी बार्षिक रुपमा हजारौ निःशुल्क शिबिर सञ्चालन गर्दै आईरहेका छन् ।
Shares