आज ३ वटा प्रदेशमा भारी वर्षाको संभावना, सावधानी अपनाउन आग्रह
प्रकाशित:
०६ भदौ २०८१
हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। मनसुनको न्यूनचापीय रेखा शुक्रबार पश्चिमतिर सरदर स्थानमा र पूर्वतिर सरदर स्थानको केही उत्तरतर्फ अर्थात् नेपालनजिक अवस्थित रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
न्यूनचापीय रेखा पूर्वमा नेपालनजिक रहेकाले देशभर आंशिकदेखि साधारणतया बदली रही शुक्रबार बिहान कोशी र मधेस प्रदेशका थोरै स्थानहरूमा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले बुलेटिन जारी गरी जानकारी दिएको छ।
त्यस्तै कोशी र मधेश प्रदेशका थोरै स्थानहरूमा मेघ गर्जन/चट्याङ्गसहित हल्कादेखि मध्यम वर्षा तथा बागमती, गण्डकी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा हल्का वर्षा भइरहेको छ।
मधेश प्रदेशको एक-दुई स्थानमा मेघ गर्जन चट्याङ्ग सहित भारी वर्षासमेत भइरहेको महाशाखाले जनाएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares