नारायणी डेभलपमेन्ट बैंकको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन

अर्थकागज
प्रकाशित: ०७ भदौ २०८२
Image description

काठमाडौं । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको १०० प्रतिशत हकप्रद सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । बैंकले हकप्रद प्रयोजनार्थ भोली अर्थात भदौ ९ गते बुकक्लोज गर्नेभएकाले नेप्सेमा आजसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्र हकप्रद प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले प्रतिशेयर १०० रुपैयाँ अंकित मूल्यका २६ करोड २४ लाख ६७ हजार ७०० रुपैयाँबराबरको २६ लाख २४ हजार ६७७ कित्ता हकप्रद शेयर निष्काशन गर्न साउन १५ गते बोर्डबाट अनुमति पाएको हो। कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेड रहेको छ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर