लिवर्टी इनर्जीको बार्षिक साधारणसभा सम्पन्न, हकप्रद प्रस्ताव पारित

अर्थकागज
प्रकाशित: २५ पुस २०८०
Image description

काठमाडौं – लिवर्टी इनर्जी कम्पनी लिमिटेडको चौधौँ वार्षिक साधारण सभा सम्पन्न भएको छ । बुधबार कम्पनी सञ्चालक समितिका अध्यक्ष डा. आत्माराम घिमिरेको सभापतित्वमा सभा सम्पन्न भएको हो ।

उक्त साधारण सभाले कम्पनीको आर्थिक वर्ष २०७९/०८० को वार्षिक प्रतिवेदन तथा वित्तिय विवरण पारित गर्ने, अन्य कम्पनीलाई प्राप्ति तथा मर्जरको प्रकृया अघि बढाउन अख्तियारी दिने लगायतका प्रस्तावहरु पारित गरेको छ ।

साधारणसभाले कम्पनीको कुल जारी पूँजी १ अर्ब ५० करोडमध्ये १ अर्ब १२ करोड ५० लाख संस्थापक सेयर र बाँकी ३७ करोड ५० लाख रुपैयाँ बराबरको आयोजना प्रभावित स्थानीय तथा सर्वसाधारण समेतलाई साधारण सेयर जारी भई चुक्ता भएको छ ।

साधारण सभाबाट कम्पनीको अघिल्लो साधारण सभाबाट हालको चुक्ता पूँजीकोको ५० प्रतिशतका दरले हुन आउने रकम ७५ करोड‍ बराबरको हकप्रद सेयर जारी गर्ने प्रस्ताव पारित भएको छ ।

हाल कम्पनीसँग ३ वटा जलविद्युत आयोजनाको स्वामित्व रहेकोमा लमजुङ जिल्ला स्थित २५ मे.वा. क्षमताको माथिल्लो दोर्दी ‘ए’ जलविद्युत आयोजना निर्माण सम्पन्न भई गत २०७९ मंसिर १७ गतेबाट व्यापारिक उत्पादन भइरहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर