आज हिमालयन रिइन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने अन्तिम मौका

अर्थकागज
प्रकाशित: ०९ जेठ २०८२
Image description

काठमाडौं । हिमालयन रिइन्स्योरेन्स लिमिटेडको लाभांश सुनिश्चित गर्ने आज (वैशाख ८) अन्तिम दिन रहेको छ ।

लाभांश वितरण तथा सभा प्रयोजनार्थ कम्पनीले जेठ ११ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । भोलि र पर्सि ९जेठ ९ र १०० शेयर बजार बन्द रहने भएकाले आजसम्म शेयरधनी बन्दा कम्पनीले प्रस्ताव गरेको लाभांश पाउनुका साथै सभामा पनि सहभागी बन्न पाइनेछ । यिनै प्रस्ताव पारित गर्न जेठ २५ गते बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान, कमलादी, काठमाडौंमा कम्पनीको साधारणसभा बस्दैछ ।

सभाले हाल कायम चुक्ता पुँजी १० अर्ब ४० करोड रुपियाँबराबरको ४.५० प्रतिशतका दरले हुन आउने बोनस शेयर र कर प्रयोजनका लागि ०.२४ नगद गरी कुल ४.७४ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गर्नेछ । सभाले लेखापरीक्षकसहितको गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, चालू आवका लागि लेखापरीक्षक नियुक्त गरी पारिश्रमिक तोक्ने, चालू आवमा कम्पनीबाट भएको सामाजिक उत्तरदायित्वअन्तर्गतको खर्च अनुमोदन गर्नेलगायतका प्रस्ताव पारित गर्नेछ ।

त्यस्तै, कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने काम पनि सभाले गर्नेछ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर