सनराइज होल्डिंग्सले बोलायो बार्षिक साधारणसभा, प्रिमियम मूल्यमा हकप्रद जारी गर्ने

अर्थकागज
प्रकाशित: १५ वैशाख २०८२
Image description

काठमाडौं । सनराइज होल्डिंग्स लिमिटेडले बार्षिक साधारणसभा बोलाएको छ । कम्पनीको वैशाख १४ गते बसेको सञ्चालक समितिले जेठ १ गते कम्पनीको रजिष्टर्ड कार्यालय, कमलादी, काठमाडौंमा बिहान ११ बजे बार्षिक साधारणसभा बोलाएको हो । कम्पनीको सभाले प्रिमिय मूल्यमा हकप्रद निष्कास गर्ने प्रस्ताव पारित गर्नुका साथै सर्वसाधारणसमा जारी गरिने शेयर संरचना संशोधन गर्ने प्रस्ताव पारित गर्नेछ । साथै, यो कार्यका लागि कम्पनीको प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने काम पनि सभाले गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर