सुन र चाँदीको मूल्य घट्यो
प्रकाशित:
१६ मंसिर २०८१
काठमाडौं । नेपाली बजारमा सुन र चाँदीको मूल्य घटेको छ । यस दिन सुन प्रतितोला एक हजार २०० रुपैयाँ घटेको हो । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला एक लाख ४९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । आईतबारको बजारमा छापावाल सुन प्रतितोला एक लाख ५० हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, यस दिन चाँदीको मूल्य पनि २५ रुपैयाँले घटेको छ । चाँदी यस दिन प्रतितोला एक हजार ८१५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आईतबार चाँदी यस दिन प्रतितोला एक हजार ८४० रुपैयाँमा खरिदबिक्री भएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares