अपि पावरका सबै सुचकमा छलाङ्ग, ९१.८० प्रतिशतले बढ्यो मुनाफा
प्रकाशित:
२९ वैशाख २०८२
काठमाडौं । तेस्रो त्रैमाससम्म आइपुग्दा अपि पावर लिमिटेड नाफामा ९१.८० प्रतिशतले बृद्धि भएको छ । कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरण अनुसार कम्पनीको विद्युत बिक्री आम्दानी र खुद नाफा दुबै गत आर्थिक वर्षको सोही अवधिको तुलनामा उल्लेख्य बढेको छ।
चालु आर्थिक वर्षको चैत मसान्तसम्ममा कम्पनीले विद्युत बिक्री मार्फत १ अर्ब १९ करोड रुपैयाँ आम्दानी गरेको छ। यो गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २५ प्रतिशत बढी हो। गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ९५ करोड १८ लाख रुपैयाँ यस्तो आम्दानी गरेको थियो।
समिक्षा अवधिमा कम्पनीले ३५ करोड ३४ लाख रुपैयाँ खुद मुनाफा कमाएको छ गत आर्थिक बर्षको सोही अवधिमा कम्पनीको मुनाफा १८ करोड ४३ लाख रुपैयाँमा सिमित थियो ।
समीक्षा अवधिमा कम्पनीको कुल नाफा पनि १८.४७ प्रतिशतले बढेको छ। विद्युत बिक्री आम्दानी बढेको र वित्तीय खर्च घटेका कारण कम्पनीको खुद नाफामा सुधार देखिएको हो।
नाफासँगै कम्पनीको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा कम्पनीको यस्तो आम्दानी ७ रुपैयाँ ७६ पैसा पुगेको छ। चैत मसान्तसम्ममा कम्पनीको प्रतिशेयर नेटवर्थ १०९ रुपैयाँ ८५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात ३५.२० गुणा रहेको छ। ६ अर्ब ७ करोड ५९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस कम्पनीको अन्य इक्विटीमा ५९ करोड ८५ लाख रुपैयाँ छ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares