कोरियन भाषा परीक्षाको आवेदन सोमबारदेखि खुल्दै

अर्थकागज
प्रकाशित: ०९ साउन २०८३
Image description

काठमाडौं । सोमबारदेखि कोरियन भाषा परीक्षाको आवेदन दिन सकिने भएको छ । ईपीएस कोरिया शाखाका अनुसार सन् २०२६ का लागि प्रथम चरणको आवेदन सोमबारदेखि खुला हुने भएको हो । 

आवेदन जुलाई २७ देखि अगस्ट २ सम्म आवेदन दिन सकिने र आवेदन अनलाइनमार्फत दिन सकिने शाखाले जनाएको छ । 

शाखाका अनुसार पोइन्ट बेस्ड सेलेक्सन सिस्टमबाट अनुमानित उत्तीर्ण संख्या ७२ सय हुने उल्लेख छ । जसमा सबैभन्दा बढी उत्पादनमुलक क्षेत्रमा ५ हजार, कृषि तथा पशुपालन क्षेत्रमा २ हजार, सेवा क्षेत्रमा १ हजार र वन क्षेत्रमा पनि १ हजार कोटा तोकिएको छ ।

प्रथम चरणको भाषा परीक्षामा उत्तीर्ण संख्याका आधारमा कटलाइन निर्धारण हुने साथै कोरियामा कामदारको मागअनुसार उत्तीर्ण संख्या थपघट हुनसक्ने शाखाले उल्लेख गरेको छ ।

शाखाले प्रथम चरणको परीक्षामा उतिर्णहरुलाई दोस्रो चरणको सीप परीक्षण र कार्यक्षमता मुल्यांकन मा सहभागी भइ उतिर्ण भएपछि मात्र अन्तिम छनौटमा पर्न सक्ने जनाएको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर