मैलुङ खोला जलविद्युतको सेयर कारोबार रोक्का, नेप्सेले माग्यो स्पष्टीकरण

प्रकाशित:
०८ चैत २०८०

काठमाडौं । मैलुङ खोला जलविद्युत कम्पनीले सेयर कारोबार सुरु भइसकेपछि मात्र लाभांश सम्बन्धी सूचना सार्वजनिक गरेपछि नेप्सेले कारबाही गरेको छ । नेप्सेले बिहीबार कम्पनीको सेयर कारोबार रोक्का गर्दै ३ कार्यदिनभित्र स्पष्टिकरण पेश गर्न पनि मैलुङ खोलालाई निर्देशन दिएको छ ।
कम्पनीले बुधबार नै सञ्चालक समितिको बैठकबाट २.२२ प्रतिशत बोनस सेयर र कर तिर्न ०.११ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको थियो । तर लाभांश सम्बन्धी उक्त निर्णय बिहीबार सेयर कारोबार सुरु भइसकेपछि मात्र नेप्सेलाई जानकारी गराएपछि कारबाहीमा परेको हो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares