यहाँबाट हेर्नुहोस् पियोर इनर्जीको आईपीओको नतिजा

अर्थकागज
प्रकाशित: १० वैशाख २०८२
Image description

काठमाडौं । पियोर इनर्जी लिमिटेडले निष्कासन गरेको साधारण सेयर (आईपीओ) आज बाँडफाँड भएको छ । बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको केन्द्रिय कार्यालयमा गोलाप्रथाबाट आईपीओ बाँडफाँड सम्पन्न भएको हो ।

यस आईपीओमा १८ लाख ५४ हजार ४ सय ९७ जनाले आवेदन दिएका थिए । जस मध्ये १८ लाख ४६ हजार ६ सय ६४ जनाको आवेदन मात्र योग्य भएको छ। माग भन्दा बढीको आवेदन परेकोले गोलाप्रथाबाट शेयर निष्काशन गरिएको छ। जसमा १ लाख १९ हजार ५ सय २० जनाले मात्र शेयर पाएका छन् । उनीहरुले १० कित्ताको दरले शेयर पाएका हुन् । बाँकि आवेदक भने हात खाली भएका छन् ।

कम्पनीले चैत्र २८ गतेदेखि आम सर्वसाधारणलाई ११ लाख ९५ हजार २ सय कित्ता शेयर निष्काशन गरेको थियो । कम्पनीले यस अघि नै आयोजना प्रभावित स्थानीय र वैदेशिक रोजगारीमा रहेका नेपालीलाई शेयर निष्काशन गरि बाँडफाँड गरिसकेको छ। नेपाल धितोपत्र बोर्डले कम्पनीले गत फागुन २ गते कम्पनीलाई आईपीओ निष्काशनको अनुमति दिएको थियो।

कहाँबाट नतिजा हेर्ने ?

कम्पनीको आईपीओ विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ । जस अनुसार बिक्रि प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ्ग लिमिटेडको वेबसाइट https://result.nabilinvest.com.np/search/ipo-share सिडीएससीको मेरो शेयरको वेबसाइट https://meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट https://iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ ।

मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर