नेप्सेमा दुई कम्पनीको सेयर मूल्य समायोजन, कुनको कतिमा खुल्छ कारोबार ?


काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा दुई कम्पनीको सेयर मूल्य समायोजन भएको छ । सिईडिबि हाईड्रोपावर डेभलपमेन्ट कम्पनी र ओरेन्टल होटलको बोनस सेयरमा मूल्य समायोजन भएको हो ।
कम्पनीहरुले साधारणसभा तथा लाभांश प्रयोजनका लागि आज असोज ७ गते बुकक्लोज गर्ने निर्णय गरेका थिए त्यसैले हिजोसम्म नेपाल स्टक नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुले मात्र साधारण सभामा सहभागि हुन र लाभांश प्रात गर्न सक्नेछन् ।
सिईडिबि हाईड्रोपावरको ११ प्रतिशत बोनसपछि नेप्सेले प्रतिकित्ता १ हजार ८ सय २९ रुपैयाँ ७३ पैसा कायम हुने गरी मूल्य समायोजन गरेको छ । नेप्सेमा आईतबारको अन्तिमा कारोबार मूल्य २ हजार ३१ रुपैयाँलाई आधार मानेर मूल्य समायोजन गरिएको हो ।
त्यस्तै ओरेन्टल होटलको ५ प्रतिशत बोनस सेयरमा मूल्य समायोजन गरिएको नेप्सेले जनाएको छ । बिहीबारको अन्तिम कारोबार मूल्य १ हजार ३० रुपैयाँलाई आधार मानेर मूल्य समायोज गरिएको हो । समायोजन पछिको मूल्य ९ सय ८० रुपैयाँ ९५ पैसा कायम भएको छ ।
प्रतिक्रियाहरू
Gauri Narayan Shah
6 months ago
Good
Shares