घरेलु मदिरा ब्राण्डिङको लागि कानुनी व्यवस्था गरिने
प्रकाशित:
१५ जेठ २०८१
काठमाडौं । सरकारले घरेलु मदिराको उत्पादन, ब्राण्डिङ, बजारीकरण तथा बिक्रीका लागि कानुनी व्यवस्था मिलाइने बताएको छ। संघीय संसदमा मंगलबार अर्थमन्त्री वर्षमान पुनले आगामी आर्थिक वर्ष २०८१र८२ को बजेट प्रस्तुत गर्दै सो कुरा बताएका हुन् ।
सरकारद्वारा प्रस्तुत बजेट भाषणमा उद्यममा युवा सहभागिता बढाउन स्टार्ट अप र नवप्रवर्तनका लागि इकोसिस्टम विकास गर्ने बताइएको छ । यसका लागि एक अर्बको नेपाल स्टार्टअप कोष खडा गरिनेछ ।
औद्योगिक विकास र उद्यमशीलता प्रवर्द्धनका लागि छ अर्ब ५५ करोड विनियोजन भएको छ ।सरकारले प्राथमिकतामा राखेको रुपान्तरणको पाँच क्षेत्रमध्ये कृषि क्षेत्र अन्तर्गत कृषि तथा पशुपन्छी विकास मन्त्रालयका लागि ५७ अर्ब २९ करोड बजेट विनियोजन गरिएको छ । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामा दुई अर्ब ९८ करोड विनियोजन गरिएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares