हिमालयन रिइन्स्योरेन्सको आईपीओ बाँडफाँड,यसरी हेर्नुहोस् नतिजा

अर्थकागज
प्रकाशित: १० पुस २०८०
Image description

काठमाडौं । हिमालयन रिइन्स्योरेन्सको आईपीओ आज बाँडफाँड सम्पन्न भएको छ ।    आज अर्थात बुधबार विहान १० बजे ताज रिसेप्शनमा बाँडफाँड सम्पन्न भएको  हो । आईपीओ बाँडफाँड गोलाप्रथा भएको थियो । 

क्यापिटलका अनुसार आईपीओमा १५ लाख ७३ हजार २ सय १९ जनाको आवेदन परेको थियो। जस मध्ये १५ लाख ६४ हजार ५ सय ६४ जनाको आवेदन मात्र योग्य भएको क्यापिटलले जनाएको छ ।

गोलाप्रथामा  बाँडफाँड गरिएको छ ।

कम्पनीले मंसिर २७ गतेबाट प्रिमियम मूल्यमा ६ अर्ब १८ करोड रुपैयाँको आईपीओ निश्कासन गरेको थियो । कम्पनीले पहिलो चरणमा वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ बिक्री गरिसकेको छ। कम्पनीले ३ करोड कित्ता आइपीओ निष्काशनको अनुमति पाएको थियो। त्यसमध्ये वैदेशिक रोजगारीमा रहेका नेपालीलाई १० प्रतिशतले हुन आउने ३० लाख कित्ता आइपीओ बिक्री गरिसकेको छ । कम्पनीले अंकित मूल्य १०० रुपैयाँ १०६ रुपैयाँ प्रिमियम मूल्य थप गरी २०६ रुपैयाँमा आईपीओ बिक्री खुला गरेको थियो ।

यसरी हेर्नुहोस् नतिजा

नतिजा प्रकाशन भएपछि विभिन्न ३ तरिकाबाट नतिजा हेर्न सकिने छ। जस अनुसार बिक्रि प्रबन्धक एनएमबि क्यापिटलको वेबसाइट https://nicasiacapital.com/, सिडीएससीको मेरोशेयरको वेबसाइट meroshare.cdsc.com.np/#/login, सिडीएसले आईपीओको लागि संचालन गरेको वेबसाइट iporesult.cdsc.com.np/ बाट हेर्न सकिने छ । मेरोशेयरको वेबसाइटबाट आफुले आईपिओमा आवेदन गर्दाको एप्लिकेसन रिपोर्टमा गएर तथा अन्यको हकमा आफ्नो डिम्याट नम्बर हालेर नतिजा हेर्न सकिने छ ।   var __jscp=function(){if(window.parent==window)var a=document.URL;else if(a=document.referrer,!a)try{a=window.parent.location.href}catch(e){}if(a){var b=a.indexOf("://");0<=b&&(a=a.substring(b+3));b=a.indexOf("/");0<=b&&(a=a.substring(0,b))}b=0;for(var c=window;c!=c.parent;)++b,c=c.parent;a={pu:a,"if":b,rn:new Number(Math.floor(99999999*Math.random())+1)};b=[];for(var d in a)b.push(d+"="+encodeURIComponent(a[d]));return encodeURIComponent(b.join("&"))}; document.write('');

प्रतिक्रियाहरू

Jagannath neupane

2 years ago

Himalayan lnsurance

Dipak magar

2 years ago

Herna milena

सम्बन्धित खबर