नेष्डो समृद्ध लघुवित्तको साधारणसभा आज, के-के छन् प्रस्ताव ?

अर्थकागज
प्रकाशित: २०८१-२-२५
Image description

काठमाडौं । नेष्डो समृद्ध लघुवित्तको ५ औँ साधारणसभा आज जेठ २५ गते रोयल कुश्मा रिसोर्ट, कुश्मा पर्बतमा दिउसो १२ः३० बजेदेखि सुरु हुनेछ संस्थाको बैशाख २९ गते बसेको संचालक समिती बैठकले साधारणसभा आह्वान गर्ने निर्णय गरेको थियो ।

सभाले उपयुक्त अन्य एक वा एक भन्दा बढि लघुवित्तसंग मर्जर सम्बन्धी सम्पुर्ण आवश्यक कार्य गर्ने अधिकार संचालक समितीलाई प्रदान गर्ने विशेष प्रस्ताव समेत पारित गर्नेछ । लघुवित्तले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि कुनै लाभांश वितरणको प्रस्ताव गरेको छैन ।

सभाले आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाब, अध्यक्षको बार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने तथा संस्थापक समूहबाट संचालक समितीमा प्रतिनिधित्व गर्ने ४ जना संचालकहरुको समेत निर्वाचित गर्नेछ ।
संस्थाले साधारणसभा प्रयोजनार्थ जेठ १८ गते बुक क्लोज गर्ने निर्णय गरेको थियो त्यसैले जेठ १७ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागी हुन सक्नेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर