फागुनसम्म बीमा पोलिसी सरेन्डरबाट बीमा कम्पनीको बाहिरियो ९ अर्ब ८७ करोड, कुन कम्पनीको कति ?

अर्थकागज
प्रकाशित: १४ चैत २०८१
Image description

काठमाडौं । आर्थिक वर्ष २०८१/८२ को फागुन मसान्तसम्ममा जीवन बीमा कम्पनीहरुको ७१ हजार भन्दा बढी बीमा पोलिसी सरेन्डर भएका छन । नेपाल बीमा प्राधिकरणको तथ्याङक अनुसार फागुन महिनासम्ममा ७१ हजार ५ सय ५४ वटा बीमालेख सरेन्डरबापत कुल ९ अर्ब ८७ करोड ६३ लाख रुपैयाँ बीमा कम्पनीबाट बाहिरिएको हो । चालु आवको फागुन मसान्तसम्म जीवन बीमा कम्पनीहरुमध्ये एलआइसी नेपालको सरेन्डर सर्वाधिक रहेको तथ्यांकमा छ । बीमा पोलिसी सरेन्डर हुनु बीमा क्षेत्रको लागि नकारात्मक छ । पछिल्लो समय बीमा क्षेत्रमा अस्वस्थ प्रतिष्पर्धा, फोर्सफुल्ली बीमा पोलिसी खरिद, प्रलोभन लगायत गतिविधीका कारण बीमा पोलिसी सरेन्डरको दर बढ्दै गएको हो। एलआइसी नेपालको १७ हजार ८ सय ८९ वटा पोलिसी बराबर ३ अर्ब ९ करोड ९६ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको ३१।३८ प्रतिशत हिस्सा हो । नेपाल लाइफको १५ हजार ५७२ वटा बीमा पोलिसी वापत २ अर्ब ६३ करोड ७६ लाख रुपैयाँ बराबरको पोलिसी परित्याग भएको छ जुन जीवन बीमा क्षेत्रको कुल सरेन्डर रकमको २६।७१ प्रतिशत हो । तेस्रोमा राष्ट्रिय जीवन बीमा कम्पनीको १० हजार १४६ वटा बीमा पोलिसी वापत ९२ करोड ११ लाख रुपैयाँ बराबरको पोलिसी समर्पण भएको हो । एशियन लाइफको ५ हजार ८२४ वटा बीमा पोलिसी वापत ६१ करोड १४ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । यो बीमा क्षेत्रको कुल सरेन्डर रकमको ६।१९ प्रतिशत हिस्सा छ । नेशनल लाइफको ४ हजार १६० वटा पोलिसी वापत ६० करोड ६१ लाख रुपैयाँको पोलिसी समर्पण भएको छ । सूर्यज्योति लाइफको ३ हजार ९६३ वटा पोलिसी वापत ५३ करोड २१ लाख रुपैयाँ बराबरको पोलिसी सरेण्डर भएको छ भने हिमालयन लाइफको ४ हजार ५८४ वटा बीमा पोलिसी वापत ४२ करोड २७ लाख रुपैयाँ बराबरको पोलिसी सरेन्डर भएको छ। मेट लाइफको २ हजार ३७८ वटा बीमा पोलिसी वापत २७ करोड ९९ लाख रुपैयाँ बराबरको पोलिसी त्याग भएको छ । सिटिजन लाइफको १९ सय ५९ वटा बीमा पोलिसी वापत १८ करोड ४४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सानिमा रिलायन्स लाइफको १ हजार २४७ वटा पोलिसी वापत १७ करोड ४५ लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । प्रभु महालक्ष्मी लाइफको १ हजार २० वटा बीमा पोलिसी वापत १४ करोड २० लाख रुपैयाँको पोलिसी सरेण्डर भएको हो । आइएमई लाइफको ११ सय ९० वटा बीमा पोलिसी वापत १३ करोड ५३ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । रिलायबल नेपाल लाइफको १ हजार ९६ वटा बीमा पोलिसी वापत ७ करोड ४४ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । सन नेपाल लाइफको ५२६ वटा बीमा पोलिसी वापत ५ करोड ५५ लाख रुपैयाँको पोलिसी सरेन्डर भएको हो । तुलनात्मक रुपमा नयाँ बीमा कम्पनीहरुको पोलिसी सरेन्डर दर कम देखिएको छ । सरेन्डर दर कम भएका बीमा कम्पनीहरुमा सन नेपाल लाइफ, रिलायवल नेपाल लाइफ, आईएमई लाइफ, प्रभु महालक्ष्मी लाइफ, सानिमा रिलायन्स लाइफ, आईएमई लाइफ र सिटिजन लाइफ रहेका छन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर