आजसम्म कायम सेयरधनीहरुले मात्र अरुण भ्याली हाइड्रोपावरको लाभांश पाउने

अर्थकागज
प्रकाशित: ०३ कात्तिक २०८१
Image description

काठमाडौं । अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले गत आर्थिक बर्षको मुनाफाबाट प्रस्ताव गरेको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ।

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ भोली अर्थात कात्तिक ५ गते बुकक्लोज गर्दैछ। त्यसैले कात्तिक ४ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

कम्पनीले ३ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.१५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न कात्तिक १४ गते, होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा २७ औँ वार्षिक साधारण सभा बोलाएको छ। सो सभा बिहान ११ बजे शुरु हुनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर