यि हुन् युनिलिभर नेपालका ठूला सेयरधनी, कसको सेयर स्वामित्व कति ?

अर्थकागज
प्रकाशित: १० कात्तिक २०८१
Image description

काठमाडौं । लाभांशको बादशाह कम्पनी युनिलिभर नेपाल लिमिटेडका ५ प्रतिशत वा सो भन्दा धेरै सेयर स्वामित्व हुनेमा दुई वटा मात्र कम्पनी रहेको छ । कम्पनीको बार्षिक प्रतिवेदन २०८०/८१ अनुसार हिन्दुस्तान युनिलिभर लिमिटेड, इन्डिया र सिबक्रीम होल्डिङ्गस् प्रा.लि. रहेको छ । जसमा र हिन्दुस्तान युनिलिभरको ८० प्रतिशत र सिबक्रीम होल्डिङ्गसको ५ प्रतिशत रहेको छ । युनिलिभर नेपालको सेयर हिन्दुस्तान युनिलिभर लिमिटेडको ७ लाख ३६ लाख ५६० कित्ता, सिबक्रीम होल्डिङ्गसको ४६ हजार ० ३५ कित्ता र सर्वसाधारण सेयरधनीसँग लागि १ लाख ३८ हजार १०५ कित्ता रहेको छ । कम्पनीको ३१ औं बार्षिक साधारणसभा सामेबार अर्थात कार्तिक १२ गते एभरेष्ट होटल नयाँ बानेश्वर, काठमाडौंमा हुँदैछ । सभाले १७१४ प्रतिशत नगद लाभांश अर्थात् प्रति शेयर १७१४ रुपैयाँको दरले नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर