यि हुन् प्रभु इन्स्योरेन्सका ठूला ६ सेयरधनीहरु, कसको सेयर स्वामित्व कति ?
प्रकाशित:
२२ साउन २०८२
काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडमा १ वा सोभन्दा बढी सेयर स्वामित्व भएका सेयरधनीहरुको संख्या ६ रहेको छ ।
प्रभु इन्स्योरेन्समा सवै भन्दा धेरैै सेयर स्वामित्व कर्मचारी संचय कोषको रहेको छ । संचय कोषको २१.६१ प्रतिशत अर्थात ३१ लख १५ हजार ६०९ कित्ता सेयर स्वामित्व रहेको छ । त्यसै गरी प्रभु बैंक लिमिटेडको १४ प्रतिशत अर्थात २० लाख १७ हजार ६९३ कित्ता, देवीप्रकाश भट्टचनको ७.७३ प्रतिशत अर्थात ११ लाख १४ हजार १८७ कित्ता, राजेन्द्र मल्लको ३.७४ प्रतिशत ५ लाख ३९ हजार २ सय कित्ता, पूर्णमान शाक्यको १.६० प्रतिशत अर्थात २ लाख ३० हजार ८११ कित्ता र प्रभु म्यानेजमेन्ट प्रा. लि.को १.३० प्रतिशत १ लाख ८७ हजार १८२ कित्ता सेयर स्वामित्व रहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares