माबिलुङ इनर्जीको आईपीओ भर्नु भयो ? आज आवेदन दिने अन्तिम दिन
काठमाडौं । माबिलुङ इनर्जी लिमिटेडले निष्काशन गरेको आईपीओमा आवेदन दिनु भयो ? नदिनु भएको भए आवेदन दिई हाल्नु । किन कि कम्पनीले साउन २६ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेको आईपीओमा आवेदन दिने अन्तिम दिन आज रहेको छ ।
कम्पनीले आफ्नो जारी पुँजीको ४८.९९ प्रतिशत अर्थात् १८ करोड ९० लाख ५३ हजार रुपियाँबराबरको प्रतिकित्ता १०० रुपियाँका दरले १८ लाख ९० हजार ५३० कित्ता आईपीओ निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।
जसअनुसार पहिलो चरणमा ३ लाख ८५ हजार ८२४ कित्ता आयोजना प्रभावित र १ लाख ५० हजार ४७१ कित्ता वैदेशिक रोजगारमा गएका नेपालीका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
दोस्रो चरणमा कम्पनीले ७५ हजार २६६ कित्ता सामूहिक लगानी कोष र ३० हजार ९५ कित्ता कर्मचारीलाई सुरक्षित गरी बाँकी रहेको १२ लाख ४८ हजार ९०४ कित्ता शेयर सर्वसाधारणमा निष्कासन गरेको हो ।
लगानीकर्ताले न्यूनतम १० देखि अधिकत ५० हजार कित्ताका लागि आवेदन दिन पाउनेछन् ।
Shares