ज्योति विकास बैंकको १८ औं बार्षिक साधारणसभा सम्पन्न
प्रकाशित:
२७ फागुन २०८२
काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको अठारौं वार्षिक साधारणसभा आज काठमाडौंको नक्सालस्थित लिसारा रिसेप्सनमा सम्पन्न भएको छ ।
बैंकका संचालक समितिका अध्यक्ष हरिचन्द्र खड्काको अध्यक्षतामा सम्पन्न सभाले गत आवको वार्षिक प्रतिवेदन, लेखापरीक्षक प्रतिवेदन, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण लगायतका वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ । साथै सभाले बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लिमिटेडको गत आवको वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्नुका साथै चालू आवको लागि लेखापरीक्षक नियुक्ति गरी निजको पारिश्रमिक पनि तोकेको छ । सभामा बोल्ने अधिकांश बोल्ने सेयरधनीहरुले आगामि आर्थिक वर्षमा लाभांश दिन आग्रह गरेका थिए ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares