धितोपत्र बोर्डले दियो जोशी हाइड्रोपावरलाई हकप्रद सेयर निष्कासन गर्ने अनुमति

अर्थकागज
प्रकाशित: २७ जेठ २०८२
Image description

काठमाडौं । नेपाल धितोपत्र बोर्डले जोशी हाइड्रोपावर डेभलपमेन्ट कम्पनी लिमिटेडलाई हकप्रद शेयर निष्कासनका लागि अनुमति प्रदान गरेको छ ।

बोर्डले जेठ २६ गते कम्पनीलाई हाल कायम चुक्ता पुँजीको आधारमा १ बराबर ०.६५ (१०० बराबर नयाँ ६५ कित्ता) को अनुपातमा २४ लाख १४ हजार १०० कित्ता हकप्रद शेयर निष्कासन गर्नका लागि अनुमति दिएको हो ।  कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल लिमिटेड रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर