प्रधानमन्त्री उद्धार कोषमा नेपाल एसबिआई बैंकको २५ लाख

अर्थकागज
प्रकाशित: १८ असोज २०८१
Image description

काठमाडौं  । नेपाल एसबिआई बैंकले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत हालै आएको बाढीपहिरो र डुबानबाट प्रभावित तथा पीडितको सहायताका लागि २५ लाख रुपैंया सहयोग प्रदान गरेको छ । उक्त सहयोग रकमको चेक सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेपाल एसबिआई बैंकका प्रबन्ध निर्देशक तथा प्रमूख कार्यकारी अधिकृत दीपक कूमार देले प्रधानमन्त्री कार्यालय, सिंहदरबारमा हस्तान्तरण गरेका थिए । सो कार्याक्रममा बैंकका नायब प्रमूख कार्यकारी अधिकृत तथा प्रमूख वित्तिय अधिकृत, राजेश कुमार पंडा , प्रमूख संचालन अधिकृत, यादवेंद्र कांत, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, बिकास आनन्द, रितेश अर्याल तथा नेपाल सरकारका उच्च तहका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।

हाल बैंकले १०० शाखा, २२ एक्सटेन्सन काउण्टर, ७ प्रदेश कार्यालय, १९ शाखारहित बैंकिङ सेवा, १२१ एटीएम र १ कर्पोरेट कार्यालय मार्फत सेवा प्रदान गर्दै आएको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर