लगानीकर्ताको रोजाईमा लघुवित्त कम्पनी !


ठमाडौं । लगानीकर्ताको रोजाइमा लघुवित्त समूह परेको छ । सोमबार अर्थात आजको कारोबार भएको १३ वटा उपसमूह मध्ये लघुवित्त समूह लगानीकर्ताको रोजाईमा परेको प्रष्ट देखिएको छ ।
सोमबार टम १० बढ्ने कम्पनीमा ६ वटा कम्पनी त लघुवित्त समूह रहेको छ । जसमा स्वरोजगार लघु बित्ता विकास बैंक लिमिटेड, जीवन विकास लघुवित्त संस्था, बिपिडब्लु लघुवित्त वित्तीय संस्था, नेरुडे लघुवित्त बित्तीय संस्था लिमिटेड लिमिटेड, धौलागिरी लघुवित्त वित्तीय संस्था लिमिटेड र मेरो लघुवित्त वित्तीय संस्था लिमिटेड रहेको छ ।
यता, सेयर लगानीकर्ता रोहन कार्की पनि लघुवित्त कम्पनी लगानीकर्ताको रोजाई पर्न थालेको बताएका छन् ।
अर्काे चर्चित लगानीकर्ता सुवास भट्टराईले सेयर बजारमा लाग्ने लगानीकर्ताले मनवोल नघटाई बजारमा निरन्तरता दिँदा नाफा कमाउने बताएका छन् । सेयर बजारलाई विश्व कपको खेल साउदी अरब र अर्जेन्टिनाको खेललाई सम्झदै भट्टराईले सामाजिक सञ्जालमा लेख्छन्-'साउदी अरबसँग अर्जेन्टिनाले हारेर विश्वकप उचालेको छ । सेयर बजारमा निरन्तरता दिँदै जाँदा त्यो दिन सवैको आउँछ ।'
बिहीबार सेयर बजार ३८.१४ अंकले बढ्दा ६ अर्ब ८६ करोड ८१ लख ७७ हजार ५६५ रुपैयाँको कारोबार भएको छ । केही दिन अघिदेखि नेप्से र कारोबार रकम दुवै बढेपछि लगानीकर्ताहरुमा अहिले खुसीयाली समेत छाएको छ ।
Shares