छिमेक लघुवित्तले सेयरधनीलाई लाभांश दिने, कहिले बस्दैछ साधारण सभा ?

अर्थकागज
प्रकाशित: १६ पुस २०८१
Image description

काठमाडौं । छिमेक लघुवित्त वित्तीय संस्थाले लाभांश प्रस्तावसहित वार्षिक साधारण सभा बस्दैछ । कम्पनीले पुस २९ गते साधारण सभा गर्ने भएको हो । सभा, होटल सामना प्रालिको सभा हल, हेटौंडामा बिहान ११ बजे सुरु हुनेछ । सभामा संस्थाले ८ प्रतिशत बोनस सेयर र करसहित ७ प्रतिशत नगद गरी कुल १५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ । आर्थिक वर्ष २०८०–८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सानलगायतका विषयमा छलफल हुनेछ ।

त्यस्तै, आर्थिक वर्ष २०८१–८२ का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ । साथै, अन्य कुनै लघुवित्त वित्तीय संस्थासँग मर्जर वा एक्विजिसन गर्नुपरेमा सम्पूर्ण कार्यको अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि संस्थाले आज पुस १६ गते बुक क्लोज गरेको छ । त्यसैले बुक क्लोजभन्दा अघिसम्म कायम रहेका सेयरधनी मात्र सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।


प्रतिक्रियाहरू

सम्बन्धित खबर