एभरेष्ट बैंकको १३२औँ शाखा सिन्धुलीमा विस्तार

अर्थकागज
प्रकाशित: ०६ जेठ २०८२
Image description

काठमाडौं । एभरेष्ट बैंकले सिन्धुलीमा शाखा विस्तार गरेको छ । बैंकले यही जेठ ५ गते बागमती प्रदेशको सिन्धुली जिल्लाअन्तर्गत कमलामाई नगरपालिका वडा नं ६ मा आफ्नो १३२औँ शाखा विस्तार गरेको हो ।

यो शाखासँगै बागमती प्रदेशमा बैंकको शाखा संख्या ४७ पुगेको छ । शाखा विस्तार सँगै सिन्धुलीवासीले अत्याधुनिक, सरल र सहज बैंकिङ सुविधा लिनसक्ने विश्वास बैंकले गरेको छ । कमलामाई नगरपालिकाका मेयर उपेन्द्रकुमार पोखरेल र बैंकका सञ्चालक समितिका अध्यक्ष डा। बालगोपाल वैद्यलेसंयुक्त रुपमा उद्घाटन गरेका हुन् । सो समारोहमा कमलामाई नगरपालिका वडा नं ६ का वडाध्यक्ष उज्वल कुमार थापा, सिन्धुली उद्योग वाणिज्य संघका वरिष्ठ उपाध्यक्ष देवनारायण श्रेष्ठ, प्रहरी नायब उपरीक्षक सूर्य प्रकाश सुवेदी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ तथा बैंकका कर्मचारीलगायत स्थानीयवासीको उत्साहजनक उपस्थिति रहेको थियो ।

कार्यक्रममा बोल्दै मेयर पोखरेलले बैंकको उपस्थितिसँगै बैंकले गुणस्तरीय सेवा, सुविधा र सन्तुलित लगानी गर्ने विश्वास प्रकट गरे । साथै बैंकका सञ्चालक समितिका अध्यक्ष डा। वैद्यले एभरेष्ट बैंकको शाखा कार्यालय सिन्धुलीमा सञ्चालनमा आए सँगै यहाँका बासिन्दालाई सबल, सरल, उत्कृष्ट साथै अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ सेवा प्रदान गराउने प्रतिबद्धता व्यक्त गरे । 

प्रतिक्रियाहरू

* * * <a href="http://ankhinnovation.com/index.php?k972sq">Unlock Free Spins Today</a> * * * hs=3f15da20e58dfab11de135965f2f1519* ххх*

1 year ago

tkjldu

* * * Get Free Bitcoin Now: http://ankhinnovation.com/index.php?k972sq * * * hs=3f15da20e58dfab11de135965f2f1519* ххх*

1 year ago

tkjldu

सम्बन्धित खबर