आगामी बर्ष सगरमाथा लुम्बिनी इन्स्योरेन्सले सेयरधनीलाई डबल डिजिटमा लाभांश दिन्छ : अध्यक्ष-मनोहर दास मूल

अर्थकागज
प्रकाशित: २७ चैत २०८०
Image description

काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका अध्यक्ष मनोहर दास मूलले आगामी बर्ष लगानीकर्ताहरुलाई डबल डिजिटमा लाभांश वितरण गर्ने घोषणा गरेका छन् । आज चैत्र २७ गते जारी कम्पनीको २७ औँ बार्षिक साधारणसभामा यस्तो प्रतिवद्धता व्यक्त गरेका हुन् ।

सभाले गत आर्थिक बर्षको मुनाफाबाट कर सहित ५ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरेको छ । त्यसै गरी साधारण सभामा कम्पनीको आर्थिक वर्ष २०७९–८० को वार्षिक प्रतिवेदन, नाफा–नोक्सान तथा नगद प्रवाह विषयमा पनि छलफल गरी पारित भएको छ ।

सभाले आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति गर्नुका साथैसाथै, सभाले संस्थापकबाट ४ र सर्वसाधारणबाट २ जना सञ्चालक निर्वाचित गरेको छ । 

प्रतिक्रियाहरू

सम्बन्धित खबर