हिमालयन डिष्टिलरीको नाफा १६१ प्रतिशतले बढ्यो, बिक्री आम्दानी ७ अर्ब नाघ्यो

अर्थकागज
प्रकाशित: २९ साउन २०८२
Image description

काठमाडौं । हिमालयन डिष्टिलरी कम्पनी लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको नाफामा बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले ९५ करोड ३२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आर्थिक वर्षको यसै अवधिको तुलनामा १६१.१३ प्रतिशतले बढि हो । कम्पनीले गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३६ करोड ५० लाख रुपैयाँ खुद नाफा कमाएको थियो।

यस अवधिमा कम्पनीले मदिरा बिक्रीमार्फत ७ अर्ब २० करोड रुपैयाँ आर्जन गरेको छ जुन अघिल्लो आर्थिक बर्षको यसै अवधिको तुलनामा ७३ प्रतिशतले बढि हो । अघिल्लो आर्थिक बर्षको यसै अवधिमा कम्पनीले मदिरा बिक्रिबाट ४ अर्ब १५ करोड रुपैयाँ आम्दानी गरेको थियो ।

कम्पनीको प्रतिशेयर आम्दानी १७ रुपैयाँ ३६ ले बढेर ३१ रुपैयाँ २ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १३५ रुपैयाँ ८४ पैसा रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर