यी हुन् नेपाल इन्फ्रास्ट्रक्चर बैंकका ठूला सेयर स्वामित्व हुने १० कम्पनी र व्यक्ति !

अर्थकागज
प्रकाशित: १३ पुस २०८०
Image description

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंकका १.२१ प्रतिशतभन्दा बढी सेयर स्वामित्व हुने १० कम्पनी र १ व्यक्ति रहेका छन् ।
बैंकका ठूला सेयरधनीमा कम्पनीमा नेपाल सरकार, अर्थ मन्त्रालय रहेको छ भने व्यक्तिमा नितेश अग्रवाल रहेका छन् ।
बैंकमा हाल नेपाल सरकार अर्थ मन्त्रालयको १० प्रतिशत अर्थात २१ अर्ब ६० करोड रुपैयाँ लगानी रहेको छ । त्यसै गरी नेपाल लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको ८.९५ प्रतिशत, ग्लोबल आई एम ई बैंक लिमिटडको ५.४८ प्रतिशत, एनआईसी एशिया बैंक लिमिटेडको ५ प्रतिशत, नेपाल इन्भेष्टमेन्ट मेगा बैंक लिमिटेडको ५ प्रतिशत, प्रभु बैंक लिमिटेडको ४.९२ प्रतिशत, लाईफ इन्स्योरेन्स कर्पाेरेशन (नेपाल) लिमिटेडको ४.२० प्रतिशत, नेपाल पुर्नबिमा कम्पनी लिमिटेडको २.४७ प्रतिशत, एसियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडको १.७५ प्रतिशत, इमर्जिङग नेपाल लिमिटेडको १.२५ प्रतिशत र नितेश अग्रवालको १.२१ प्रतिशते सेयर स्वामित्व रहेको छ ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर