२७ प्रतिशतले बढ्यो लक्ष्मी सनराइज बैंकको नाफा, अन्य अवस्था कस्तो ?
काठमाडौं । लक्ष्मी सनराइज बैंक लिमिटेडले चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार बैंकको नाफामा बृद्धि देखिएको छ ।
समिक्षा अवधिमा बैंकले १ अर्ब ६१ करोड ५९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २७.७० प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा बैंकले १ अर्ब २६ करोड ५३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
यस अवधिमा बैंकको खुद ब्याज आम्दानी पनि १०३.४९ प्रतिशतले बढेको छ भने खुद फि तथा कमिशन आम्दानी पनि १०२.९८ प्रतिशतले बढेको छ । त्यसैगरी, सञ्चालन मुनाफा पनि ११.७८ प्रतिशतले बढेको छ । समीक्षा अवधिमा बैंकको खराब कर्जा १.८२ प्रतिशतबाट बढेर ५.४९ प्रतिशत पुगेको छ ।
चैत मसान्तसम्ममा बैंकको वितरणयोग्य मुनाफा १ अर्ब २४ करोड ८४ लाख रुपैयाँ ऋणात्मक रहको छ ।
बैंकको प्रतिशेयर आम्दानी ९ रुपैयाँ २९ पैसा पुगेको छ भने प्रतिशेयर नेटवर्थ १७१ रुपैयाँ ५९ पैसा रहेको छ । त्यसैगरी, चैत्र मसान्तसम्ममा बैंकको मूल्य आम्दानी अनुपात १६.३८ गुणा रहेको छ ।
Shares