आरएसडिसी लघुवित्तको लाभांश घोषणा
प्रकाशित:
२० असोज २०८०
काठमाडौ । आरएसडिसी लघुवित्तले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७९/८०का लागि लाभांश घोषणा गरेको हो ।
संस्थाको सञ्चालक समितिको शुक्रबार बसेको बैठकले उक्त आर्थिक वर्षका लागि चुक्तापुँजी ८६ करोड ९५ लाख ६८ हजार २०० रुपैयाँको कुल ९.०५२६ प्रतिशतले लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।
उक्त प्रस्तावित लाभांश साधारण सभाबाट पारित भई नियमन निकायले स्विकृत दिएपछि सेयरधनीले पाउनेछन् ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares