शिखर इन्स्योरेन्सको लाभांश घोषणा

अर्थकागज
प्रकाशित: ०१ पुस २०८२
Image description

काठमाडौं । शिखर इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । पुस १ गते साँझ ५ बजे बसेको सञ्चालक समितिको बैठकले गत आर्थिक वर्ष २०८१/८२ को वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ६ प्रतिशत बोनस शेयर र ०.३१५८ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरण गर्ने घोषणा गरेको हो।

घोषित लाभांश नियामक निकाय नेपाल बीमा प्राधिकरणले स्वीकृत गरी कम्पनीको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर