कामना सेवा विकास बैंकका कर्मचारी र ग्राहकलाई दुसित थानी हिमालयन रिसोर्ट धुलिखेलमा १५ प्रतिशत छुट
प्रकाशित:
२० कात्तिक २०८१
काठमाडौं । कामना सेवा विकास बैंकले धुलिखेल, काभ्रे स्थित दुसित थानी हिमालयन रिसोर्ट धुलिखेल सँग सेवा शुल्क छुट सम्बन्धी सम्झौता गरेको छ ।
यस सम्झौता अन्तर्गत बैंकका कर्मचारी र ग्राहकहरुले रेस्टुरेन्टको मेनुमा, देवाराना वेल्नेस स्पामा तथा स्विमंग पुल, जकुजी, स्टीम र सउनामा १५ प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् । बैंकको ग्राहकहरुले बैंकसँगको आबद्धता भएको प्रमाणको आधारमा यो सुविधा सहजै प्राप्त गर्न सकिनेछ । यस सम्झौताबाट बैंकसँग आबद्ध सम्पूर्ण महानुभावहरुले विशेष लाभ लिने बैंकले विश्वास लिएको छ ।
उक्त छुट सम्बन्धी सम्झौतामा बैंकका तर्फबाट प्रमुख व्यवसाय अधिकृत हरि प्रसाद लम्साल रिर्सोटका होटल म्यानेजर अनिरुध चौधरीले हस्ताक्षर गर्नुभएको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares