ट्रष्ट माइक्रो इन्स्योरेन्सले आईपीओ निश्कासन गर्ने, बिक्री प्रबन्धकमा एनआइएमबि एस क्यापिटल नियुक्त
काठमाडौं । ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेडले आफ्नो जारी पूँजीको ३० प्रतिशतले हुन आउने रु. २२ क।रोड ५० लाख बराबरको कूल २२ लाख ५० हजार कित्ता साधारण शेयर (आईपीओ) निश्कासन गर्ने भएको छ । कम्पनीले प्रति शेयर अंकित मूल्य १०० रुपैयाँको दरले सर्वसाधारणहरुमा निष्काशन गर्नको लागि आज धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धकको कार्य गर्न एनआइएमबि एस क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
न्यून आय भएका एवं पिछडिएका क्षेत्रका बासिन्दा र सिमान्तकृत समुदायका व्यक्तिहरुलाई लघु बीमा सेवा पुर्याउने लक्ष्य लिई यस ट्रष्ट माइक्रो इन्स्योरेन्स लिमिटेड वि.सं. २०८० साल कात्र्तिक महिना १२ गते निर्जीवन लघु बीमाको इजाजतपत्र प्राप्त गरी लघु निर्जीवन बीमा कम्पनीको हैसियतले मिति २०८०/१२/०१ गतेदेखि लघु निर्जीवन बीमा सम्बन्धी कारोबार सञ्चालन गर्दै आईरहेको छ ।
उक्त सम्झौतापत्रमा निष्काशन कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत उज्वल ढुङ्गाना र निष्काशन तथा बिक्री प्रबन्धकका तर्फबाट महाप्रबन्धक सचिन्द्र ढुङ्गानाद्वारा हस्ताक्षर गरेका छन् ।
Shares