सूर्योदय वोमी लघुवित्तको एफपिओ बाँडफाँड !

अर्थकागज
प्रकाशित: १५ साउन २०८१
Image description

काठमाडौं । सूर्योदय वोमी लघुवित्तको एफपीओ बाँडफाँड आज सम्पन्न भएको छ ।  बिक्री प्रबन्धक कुमारी क्यापिटलको केन्द्रिय कार्यालय दुर्गा भवन, नागपोखरीमा एफपिओ बाँडफाँड सम्पन्न भएको हो । माग भन्दा धेरै आवेदन परेकोले गोला प्रथाबाट बाँडफाँड भएको एफपिओमा चर्चित लगानीकर्ता एवम् आईपीओ बाजे लक्ष्मण बहादुर श्रेष्ठले एफपिओको बल तानेको थिए ।

यसरी हेर्नुहोस् सूर्योदय वोमी लघुवित्तको एफपिओको नतिजा

कम्पनीको एफपिओमा मागभन्दा ५१०.१३ गुणा बढी आवेदन परेका थियो । यसमा १६ लाख ५६ हजार ८२६ जनाले कुल २ करोड ३८ लाख ३७ हजार ९०० कित्ताको लागि आवेदन दिएका थिए । जसमा ४ हजार ६७२ जनाले मात्र सेयर हात पारेका छन् । बाँकी १६ लाख ५२ हजार १५४ जनाको भने हात खाली भएको छ । लघुवित्तले साउन ४ गतेदेखि ८ गतेसम्म प्रतिकित्ता १०० रुपैयाँमा ४६ हजार ७२९ कित्ता एफपिओ बिक्रीमा ल्याएको हो । बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ बमोजिम सर्वसाधारणको पुँजी संरचना ३० प्रतिशत कायम गर्न लघुवित्तले एफपीओ जारी गरेको थियो ।


प्रतिक्रियाहरू

Ahilya Adhikari

1 year ago

Suryodaya bomi

Jitendra bahadur gole

1 year ago

Ipo

Birendra Tamang

1 year ago

कति खेर हेर्न मिल्छ

Dinesh Yakha Linkha

1 year ago

नजिजा

Durga Kc Thapa

1 year ago

Ipo

prakash pokhrel

1 year ago

Ok

Kumar Sharma

1 year ago

fpo पर्यो कि परेन?

janak pokhrel

1 year ago

न्युज बनाए पछि नतिजा हेर्ने तरिका खै त ?

janak pokhrel

1 year ago

न्युज बनाए पछि नतिजा हेर्ने तरिका खै त ?

janak pokhrel

1 year ago

न्युज बनाए पछि नतिजा हेर्ने तरिका खै त ?

janak pokhrel

1 year ago

न्युज बनाए पछि नतिजा हेर्ने तरिका खै त ?

Sashish Karmacharya

1 year ago

Result

सम्बन्धित खबर