आज सार्वजनिक विदा : सेयर बजारसहित बैंक–वित्तीय संस्था पनि बन्द

अर्थकागज
प्रकाशित: २३ चैत २०८१
Image description

काठमाडौं । सरकारले आज आइतबार (चैत २४ गते) सार्वजनिक विदा दिएको छ । चैत शुक्ल नवमी अर्थात् मर्यादा पुरुषोत्तम श्रीरामको जन्मदिनको अवसरमा आइतबार सार्वजनिक विदा दिइएको छ । 

त्यसकारण यस दिन सरकारी कार्यालय लगायत सेयर बजार, बैंक तथा वित्तीय संस्था बन्द हुनेछन् । अब सेयर बजार चैत २५ गते सोमबार बिहान ११ बजेमात्र खुल्नेछ । बैंक–वित्तीय संस्था र सरकारी कार्यालयहरु पनि चैत २५ गते नै नियमित समयमा सञ्चालनमा आउनेछन् ।

प्रतिक्रियाहरू

सम्बन्धित खबर