भारतले थप ३७.५ टन राहत सामग्री पठायो

अर्थकागज
प्रकाशित: १० भदौ २०८३
Image description

काठमाडौं । भारतले बाढी प्रभावित नेपालका लागि थप राहत सामग्रीसहितको विमान पठाएको छ ।

भारतका विदेशमन्त्री डा. एस जयशंकरले सामाजिक सञ्जालमार्फत दोस्रो विमान नेपालका लागि उडिसकेको जानकारी दिएका छन् । उनका अनुसार विमानमा ३७.५ टन विपद् उद्धार सामग्री, औषधि तथा खाद्य सामग्री रहेका छन् ।

जयशंकरले भारत नेपालका सम्बन्धित अधिकारीसँग निरन्तर सम्पर्कमा रहेको बताउँदै नेपालमा जारी राहत तथा उद्धार कार्यलाई भारतले निरन्तर मजबुत सहयोग गर्ने बताएका छन् ।

भारतले यसअघि गएराति १० टन मानवीय सहायता तथा आवश्यक औषधि पठाएको थियो ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर