कामना सेवा विकास बैंकको नगद लाभांश सेयरधनीको खातामा
प्रकाशित:
०५ कात्तिक २०८१
काठमाडौं । कामना सेवा विकास बैंकले नगद लाभांश सेयरधनीको खातामा पठाएको छ । गत असोज ३० गते सम्पन्न बैंकको १८ औं वार्षिक साधारण सभाले अनुमोदन गरेको लाभांश आफ्ना शेयरधनीको खातामा पठाएको हो । बैंकले सेयरधनीहरुको हितग्राही खातामा उल्लेख भएको बैंक खातामा ५ प्रतिशत नगद लाभांश (कर सहित) जम्मा गरेको जनाएको छ ।बैंकले हालसम्म पनि डिम्याट खाता र बैंक खाता अपडेट नगरेका सेयरधनीलाई तुरुन्त अध्यावधिक गर्न पनि आग्रह गरेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares