अपि पावरको साधारणसभा आज, लाभांशसहित यी प्रस्ताव पारित हुँदै

प्रकाशित:
११ कात्तिक २०८१

काठमाडौं । अपि पावर कम्पनी लिमिटेडको २१ औँ बार्षिक साधारणसभा आज कार्तिक ११ गते होटल क्रिष्टल पशुपति, गौशाला, काठमाडौँमा बिहान ११ बजेदेखि शुरु हुनेछ।
कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कात्तिक २ गते बुकक्लोज गरेको थियो त्यसैले कात्तिक १ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् । सभाले कम्पनीले प्रस्ताव गरेको ५ प्रतिशतका दरले बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.२६३२ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।त्यस्तै सभाले अध्यक्षको बार्षिक प्रतिवेदन, नाफा नोक्सान हिसाब र चालु आर्थिक बर्षका लागि लेखापरिक्षक नियुक्तिको प्रस्ताव पारित गर्नेछ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares