आजसम्मका सेयरधनीले मात्र लाइफ इन्स्योरेन्स कर्पोरेसनको हकप्रदमा आवेदन दिन पाउने
प्रकाशित:
०७ कात्तिक २०८१
काठमाडौं । लाइफ इन्स्योरेन्स कर्पोरेशन (नेपाल) लिमिटेले निष्कासन गर्ने हकप्रद सेयरका लागि आवेदन दिन आज (कात्तिक ८ गते) सम्म सेयरधनी बनिसक्नुपर्ने हुन्छ । हकप्रद निष्कासन प्रयोजनार्थ कम्पनीले भोलि (कात्तिक ९) गते बुक क्लोज गर्दैछ । इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १ बराबर ०.८८४५१६८ अनुपातमा प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यका २ करोड ३४ लाख ६८ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्नेछ । इन्स्योरेन्सलाई हकप्रद सेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डले असोज १४ गते अनुमति दिएको थियो ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares