नेता र सांसदहरु कति जानकार छन् त पुँजीबजारको बारेमा ?
पछिल्लो समयमा समाजिक संजालमा सेयरबजारका स्वघोषित बिज्ञ, बिश्लेषक र थरिथरिका ज्योतिषिहरु देखा परिरहेका छन् । यस्ता स्वघोषित बिश्लेषकहरुले सामाजिक संजालमा राख्ने सेयरबजार सम्बन्धि जानकारीहरु धेरै जसो भ्रम पुर्ण हुने गरेका छन भने कतिपयको स्टाटस स्वार्थ पुर्ण हुने गरेका छन् । त्यसोत पछिल्ले समयमा सेयरबजारले गति लिइरहेको अबस्था छ । नेप्से पनि बढिरहेको छ भन्दा पनि फरक नहोला । सेयर कारोवार पनि दिनमा नै लगभग ३० अर्बको हुने भइसकेका छन् । सेयरबजारको उकालो यात्रा तय गरिरहदा शेयरबजारको बारेमा सडक देखि सदन सम्म चर्चा हुने गरेका छन सदनमा पनि सासदहरुले आ आफ्नो ेबिचारहरु राख्ने गरेका छन भने हालै मात्र सांसद नारायणी शर्माले सेयरबजार बिचोलियाको हातमा परेको छ भनेर आफ्नो बिचार राखेका छन् । यस्तो बिचार राख्ने सासदहरु आखिर सेयरबजार प्रति कतिको जानकार छन त ? ससदमा सेयरबजारको बारेमा आफ्नो बिचार राख्ने सासंदहरु सेयरबजारको बारेमा जानेरै बोलेका हुन त वा कसैको लहलहैमा लागेर बोलेका हुन ?
सेयरबजार भनेको अर्थतन्त्रको एउटा पाटो हो भन्दा पनि फरक नपर्ला । सेयरबजारले बिकाश निर्माणको लागि पुँजीको जोहो गरिदिन्छ । त्यसैगरि सेयरबजारले महिनामा नै सरकारलाइ अरबौको राजस्व बुझाउने गरिरहेका छ । यस्तो सम्बेदनशिल क्षेत्रमा बेला बेलामा राजनितिक दलका नेता सासदहरुले नकारातमक बिचारहरु भ्रमपुर्ण कुराहरु राख्ने गरेका छन । पुँजी बजारको बारेमा देशका नेता सासदहरु कतिको जानकारी रहख्ने गरेका छन लगानीकर्ताहरु माझ चर्चाको बिषय बनिरहेका छन् । सेयरबजारको बारेमा बेला बेलामा नेता सासदहरुले दिने अभिब्यक्तिले सेयरबजार तरगित हुने गरेका छन् । त्यसोत देशको राजनीतिक गतिबिधिले सेयरबजारमा असर पार्ने गरेका छन् । देशमा हुने राजनीतिक अस्थिरता, राजनीतिक खिचातानी, हड्ताल, आन्दोलन र सरकार परिबर्तन सत्ता समिकरण परिबर्तन अर्थमन्त्रि परिबर्तनले सेयरबजारमा तरगित हुने गरेका छन् । त्यसोत सरकार सेयरबजार मैत्री हुन पर्दछ । पछिल्लो समयमा सेयरबजारमा लगभग ६५ लाख लगानीकर्ताहरु आबद्ध भइसकेको सरोकारवालाहरु बताउँछन् । यसकारणले सेयरबजार सम्बन्धी नीति नियम निर्देशन गर्दा लगभग २० प्रतिशत जनताहरु आबद्ध भएकोलाई ध्यानमा राखेर नीति नियमहरु बनाउन पर्दछ भन्नेमा कसैको दुई मत नहोला ।
जब जब सेयरबजारले उकालोको यात्रा चढ्छ, सेयरबजारको बारेमा सडकदेखि सदन सम्म चर्चा हुने गरेका छन् । पछिल्लो समयमा पनि सेयरबजारको बारेमा सदनमा केहि सासदहरुले राखेको अभिबयक्तिले गर्दा सेयरबजारमा नकाररात्मक असर परेको थियो । यसले सासदहरु प्रति लगानीकर्ताहरु आक्रोस पनि पोखेका थिए । सेयरबजारको बारेमा ससदमा चर्चा हुनलाई अन्यथा सामान्य नै मान्न पर्छ । तर सेयरबजारको बारेमा ससदमा छलफल गर्दा सेयरबजारको नकारात्मक बारेमा होइन सेयरबजारमा देखा परिरहेका बेथिहरुको र समस्याहरुको समाधान गर्नको लागि हुनु पर्दछ । तर, नेता सासदहरु भने सेयरबजारको समस्या समाधान गर्न पट्टि नलागि सेयरबजारको बारेमा नकारात्मक बिचारहरु राख्ने गरिरहेका छन् । त्यसोत सेयरबजारमा केहि बेथितिहरु नभएको भने होइन । सेयरबजारमा भएका बेथिति बिसंगतिहरुलाई हटाउन पाइला चाल्नु पर्ने सासदहरुले कहिले सेयरबजारलाइ जुवा भनेको छ, कहिले अनुत्पादक क्षेत्र भनेको छन् । कहिले सेयरबजार बिचौलियाको हातमा परिसकेको छ भनेको छन् । जब सेयरबजारमा नेप्से बढ्छ तब यस्ता सेयरबजारलाइ बिगार्न सासद नेताहरुले नकारात्मक अभिब्यक्तिहरु दिने गरेका छन् । सेयरबजारमा नेप्से घटिरहेको समयमा यिनिहरु चुइक पनि बोल्दैन । त्यसोत लगानीकर्ताहरु पनि सेयरबजार प्रति जानकार र सचेत हुनु जरुरी छ ।
Shares