हिमालयन रि इन्स्योरेन्सको नाफामा १०० प्रतिशतको उछाल, बिमा शुल्क आर्जन करिब ४ अर्ब

अर्थकागज
प्रकाशित: २९ वैशाख २०८१
Image description

काठमाडौं । हिमालयन रि इन्स्योरेन्स कम्पनी लिमिटेड चालु आर्थिक वर्षको तेस्रो त्रैमासको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार कम्पनीको मुनाफामा उल्लेख्य बृद्धि देखिएको छ ।

समिक्षा अवधिमा कम्पनीले ९३ करोड ११ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १००.५३ प्रतिशतले बढि हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले ४६ करोड ४३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।

यस अवधिमा कम्पनीले ३ अर्ब ७९ करोड ६७ लाख रुपैयाँ बिमा शुल्क आर्जन गरेको छ जुन गत आर्थिक बर्षको यसै अवधिको तुलनामा ११५.३२ प्रतिशतले बढि हो । त्यस्तै कुल आम्दानी समीक्षा अवधिमा ९०.५८ प्रतिशत बढेको छ ।

१० अर्ब रुपैयाँ चुक्ता पूँजी रहेको यस इन्स्योरेन्सको रिटेन्ड अर्निङ्ग ७७ करोड ५० लाख रुपैयाँ रहेको छ भने कम्पनीको सेयर प्रिमियम ३ अर्ब १८ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिसेयर आम्दानी १२ रुपैयाँ ४१ पैसा पुगेको छ । प्रतिसेयर नेटवर्थ १४९ रुपैयाँ ९७ पैसा छ ।

प्रतिक्रियाहरू

रबिन्द्र

1 year ago

😎😎😎😎😎भराेसा छैन यस्तोमा

सम्बन्धित खबर