आजसम्म कायम सेयरधनीहरुले मात्र बलेफी हाइड्रोपावरको १०० प्रतिशत हकप्रद पाउने

अर्थकागज
प्रकाशित: २० कात्तिक २०८१
Image description

काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज कार्तिक २० गते मंगलबारसम्म कारोबार भई कायम सेयरधनीहरुले मात्र बलेफी हाइड्रोपावर कम्पनी लिमिटेडको १०० प्रतिशत हकप्रद सेयर प्राप्त गर्ने भएका छन् ।

कम्पनीले हकप्रद प्रयोजनाका लागि भोलि कार्तिक २१ गते एक दिनका लागि बुकक्लोज गर्ने भएकाले आज कार्तिक २० गतेसम्म कायम सेयरधनीहरुले मात्र कम्पनीको हकप्रदमा आवेदन दिन पाउनेछन् ।

नेपाल धितोपत्र बोर्डले कार्तिक ४ गते कम्पनीलाई हकप्रद निष्काशन अनुमति दिएको थियो । धितोपत्र बोर्डले कम्पनीलाई हाल कायम १ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

कम्पनीले १ अर्ब ८२ करोड ७९ लाख ७० हजार रुपैयाँ बराबरको १ करोड ८२ लाख ७९ हजार ७०० कित्ता हकप्रद निस्कासन गर्न लागेको हो । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईएबिएस क्यापिटल रहेको छ ।


प्रतिक्रियाहरू

सम्बन्धित खबर