सोनापुर मिनरल्सको आईपीओमा माग भन्दा बढीको आवेदन
काठमाडौं । सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले निश्कासन गरेको आईपीओमा माग भन्दा बढीको आवेदन परेको छ । आज चौथो दिनमा कम्पनीको आईपीओमा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडको अनुसार बुधबार साँझ ५ बजेसम्ममा कम्पनीको आईपीओमा ९ लाख ८६ हजार ७ सय ५० जना आवेदकले १ करोड १७ लाख ५२ हजार २ सय ९० कित्ताका लागि २ अर्ब ७९ करोड २१ लाख ९ हजार ५८ रुपैयाँ बराबरको आवेदन दिएका छन्।
कम्पनीले सर्वसाधारणलाई ९७ लाख ३२ हजार ५ सय ४४ कित्ता सेयर निश्कासन गरेको हो । कम्पनीले प्रति कित्ता अंकित मूल्य १०० रुपैयाँमा प्रिमियम वापत १३७.२८ रुपैयाँ थप गरि प्रति कित्ता २३७.५८ रुपैयाँमा सेयर निष्काशन गरेको हो । आवेदन दिंदा न्युनतम १० कित्ता र अधिकतम १५ लाख कित्ताको आवेदन दिन सकिने छ । कम्पनीले असोज १४ गतेदेखि सर्वसाधारणको लागि आईपीओ बिक्री खुला गरिरहेका छ ।
कम्पनीले आज मात्र एक सुचना जारी गर्दै आईपीओ भर्नेको म्याद असोज २८ गतेसम्म थप गरेको थियो । यद्यपि सो मिति अगावै पूर्ण आवेदन परेमा सार्वजनिक सूचना जारी गरेर त्यस अगाडी नै आईपीओ बिक्री बन्द गरिने कम्पनीले जनाएको छ ।
Shares