एकाएक फेसबुकमा किन आएको थियो समस्या ?
प्रकाशित:
१४ फागुन २०८१
काठमाडौं । फेसबुक नखुल्ने समस्या समाधान भएको छ । आज बिहान साढे ८ बजेदेखि फेसबुक खुल्न थालेको छ । के समस्याले नखुल्ने भएको हो भन्ने अझै स्पष्ट भइनसकेको बताइएको छ ।
डाउन डिटेक्टरका अनुसार फेसबुकमा गएराति ११ बजेदेखि नै प्रयोगकर्ताले समस्या आएको रिपोर्ट गरेका थिए । तर आज बिहान ८ बजेदेखि समस्या भएको भनेर रिपोर्ट गर्ने प्रयोगकर्ताको संख्या ११ हजार पुगेको थियो । ब्राउजुरमा फेसबुकको वेबसाइट खोल्न खोज्दा समस्या देखिएको र त्यसलाई समाधान गर्ने प्रयास गरिरहेको सन्देश डिस्प्ले भएको थियो । तर अहिले भने फेसबुक खुलिरहेको छ ।
प्रतिक्रियाहरू
लोकप्रिय समाचार
सम्बन्धित खबर
Shares